सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढेर ९४ हजार पाँच सय पुग्यो

0
Shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० रुपैयाँले बढेर रु एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।