एभरेष्ट बैंकको यस्तो छ १३ वर्षे लाभांश इतिहास

0
Shares

एभरेष्ट बैंक लिमिटेड (EBL) ले आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीलाई चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको कुल २०.६८ प्रतिशत (१३ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर समेत ७.६८ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १ अर्ब ९४ करोड ७३ हजार ७३ हजार ९५५ रुपैयाँ २२ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको १३ वर्षे लाभांश इतिहासमा आव २०७२/७३ बाट बैंकले सर्वाधिक चुक्ता पुँजीको ७३.६८ प्रतिशत वितरण गरेको थियो भने सबैभन्दा कम आव २०७७/७८ बाट १०.३२ प्रतिशत मात्र वितरण गरेको थियो ।

यस्तो छ लाभांश इतिहास

Everest Bank Limited ( EBL )
Dividend History
S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/79 13.00 7.68 20.68
2 2077/78 6.00 4.32 10.32
3 2076/77 5.00 5.53 10.53
4 2075/76 5.00 20.00 25.00
5 2074/75 0.00 20.00 20.00
6 2073/74 33.00 1.74 34.74
7 2072/73 70.00 3.68 73.68
8 2071/72 30.00 6.57 36.57
9 2070/71 12.00 50.00 62.00
10 2069/70 10.00 50.53 60.53
11 2068/69 30.00 1.58 31.58
12 2067/68 10.00 50.00 60.00
13 2066/67 50.00 50.00 60.00

भारतीय पञ्जाब नेशनल बैंकको समेत लगानी रहेको एभरेष्छटले समकक्षी बैंकहरुमाझ आफ्नो छुट्टै उपस्थिति राख्दै आएको बैंकले गत आवको नाफाबाट आकर्षक लाभांश वितरणको प्रस्ताव गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।