राष्ट्र बैंकले १८ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरण गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र १८२ दिन गरि ३ प्रकारको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ, ९१ दिनको लागि ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । २८ दिने ट्रेजरी मङ्सिर २० गते, ९१ दिने माघ २४ गते र १८२ दिने २०८० बैशाख २६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था गरेको छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।