युरो क्षेत्रमा मूल्यवृद्धि दर अझै बढ्ने युरोपियन केन्द्रीय बैंकको प्रक्षेपण

0
Shares

युरोपियन केन्द्रीय बैंकले सेप्टेम्बर महिनामा युरो क्षेत्रको मुद्रास्फीति दर हालको भन्दा केही अंकले बढ्ने प्रक्षेपण गरेको छ ।

आर्थिक गतिविधिमा आएको कमीका कारण आर्थिक वृद्धि दर र राजस्व संकलनमा आएको गिरावटका कारण सेप्टेम्बर महिनामा मुद्रास्फीतिको प्रभाव अझ गहिरिँदै जाने केन्द्रीय बैकले जनाएको छ ।

सन् २०२२को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि युरो क्षेत्र समस्याग्रस्त रहेको छ । युरोपियन राष्ट्रहरुले रुसबाट इन्धन तथा प्राकृतिक ग्यास तथा युक्रेनबाट खाद्यान्न आयात गर्दै आएका थिए ।

तर युद्धका कारण इन्धन तथा खाद्यान्न अभाव बढ्दै गएपछि मुद्रास्फीति दर आकाशिएको थियो र युरो क्षेत्रमा मन्दी हुने निश्चित भएको थियो ।

सन् २०२३मा मन्दी हुने भनिएता पनि सन् २०२२को अन्त्यतिरबाट नै युरो क्षेत्रले मन्दीको सामना गरिरहेको छ ।

मुद्रास्फीति आकाशिँदै गएपछि ऋणात्मक ब्याज दर रहेको युरोपियन केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरी २ प्रतिशत कायम गरेको छ ।

अगस्ट महिनामा ६.९ प्रतिशत रहेको मूल्यवृद्धि दर आगामी १ वर्षसम्म ७.३ प्रतिशतको हाराहारीमा रहने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ । यसरी नै आगामी ३ वर्षमा मूल्यवृद्धि दर ४.७ प्रतिशत कायम रहने र अन्ततः २ प्रतिशतमा कायम रहने अनुमान केन्द्रीय बैंकले गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।