मुक्तिनाथ विकास बैंकद्धारा २६४ जना महिला उद्यमीहरु सम्मानित

0
Shares

मुक्तिनाथ विकास बैंकले साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।

बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान गरेको हो।

बैंकले यस आर्थिक वर्ष २०७९/०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्रगोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरेको थियो ।

उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले यस कार्यक्रम आयोजना भएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषीमा ब्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषी कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानिय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषी पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य पनि भएको थियो ।

उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारी, स्थानिय भद्रभलाद्मी र विभिन्न पेशामा आबद्ध रहेका महिला उद्यमीहरु सहित लगभग ३५ सय जनाको उपस्थिति रहेको थियो ।

अहिलेको २१ औं सताप्दीमा देशको आर्थिक विकासमा नारीहरुको भूमिका रहने भएकोले नारीलाई घर भित्रको कामहरुमा मात्र सीमित नगरी सही वातावरण र अवसर समयमै प्रदान गर्न सकियो भने नारीहरुले जस्तो सुकै कार्यहरु र उच्च पदहरु सम्हाल्ने क्षमता राख्नेछन् भन्ने सोचले उनीहरुको मनोवल उच्च राख्नका लागि बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।