फोर्ड रेन्जर र्‍यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍यापटर नेपाली बजारमा

0
Shares

विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर र्‍यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍यापटर नेपाली बजारमा आएको छ।

कम्पनीका अनुसार फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाइन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन्। जसले अफ–रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको छ र विश्वभरका अफ–रोड प्रेमीहरु यस संस्करण प्रति निकै उत्साहित रहेका कम्पनीको दाबी छ।

अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा नयाँ ट्वीन–टर्वो ३।० लिटर इकोबुस्ट भी६ पेट्रोल इन्जिन जडान रहने छ। यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ। फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १०–स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर र्‍यापटरको नयाँ इन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ।

नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा चालकले इलेक्ट्रोनिक रुपमा नियन्त्रित सक्रिय एक्जस्ट सिस्टमद्वारा आफ्नो र्‍यापटरको आवाज चार एक्जस्ट मोडमध्ये चयन गर्न सक्छ– क्वाईट, नर्मल, स्पोर्ट र बाजा।

वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्ग पावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर र्‍यापटरको एन्टी–ल्याग प्रणालीले तपाई थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरु बीच पनि पावर प्रदान गर्दछ।

यस गाडीको लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड ईन्जिनियरिङ्ग र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक्ट्युन गर्ने, भल्भहरु ट्युन गर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर–र्‍यापटरको ड्राइभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ।

नेक्स्ट जेन रेन्जर र्‍यापटरमा ‘फक्स २.५ इन्च लाइभ भल्भ इन्टरनल बाइ पास सक एब्जर्बर’ रहेको छ जुन रेन्जर र्‍यापटरमा अहिलेसम्मकै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि हो र जसले वास्तविक अफ–रोड ड्राईभमा सेन्सरहरुको सहयोगले प्रति सेकेण्ड ५०० पटकसम्म ड्याम्पिङ्ग एड्जस्ट गरी ड्राईभ सजिलो र आरामदायी बनाउँछ।

नयाँ नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा सात ड्राईभ मोडहरु छन् अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा।

नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुको लागि ध्यानमा राखी डिजाईन गरिएको छ। इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सीटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई र्‍यापटरको एम्बियन्ट लाईटिङले बृद्वि गरिएको छ। एफ–२२ र्‍यापटर जेट फाइटरका सीटहरुबाट प्रेरित भएर अगाडी र पछाडीका सीटहरुले यात्रुहरुलाई सडकमा वा अफ–रोडमा आरामदायी सवारीको अनुभुति दिन्छन् ।

नेक्स्ट–जेन रेन्जर र्‍यापटर पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध छ, उच्च रिजोल्युसन १२.४ ईन्च डिजिटल क्लस्टर र १२ ईन्चको टचस्क्रिन फोर्डको नयाँ पुस्ताको एसवाइएनसी ४एआर आर का साथ जडान गरिएको छ। अन्य सुविधाहरूमा अपफिटर स्वीचहरू र अफ–रोड स्क्रिन समावेश छन्।

फोर्ड रेन्जर र्‍यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छ। नेपाली बजारमा ३.० लि. भी६ पेट्रोल र १०–स्पीड अटोमेटिक नेक्स्ट–जेन रेन्जर र्‍यापटरको मूल्य रु.२.१५ करोड तोकिएको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कात्तिक २०७९, सोमबार  १० : ०४ बजे