शिखर ग्रुपको संलग्नता रहेको नटराज एग्रोको आम्दानी १ अर्ब ८४ करोड

0
Shares

‘उपकार’ ब्रान्ड नामबाट चामल, आटा लगायतका विभिन्न खाद्य सामाग्रीको वितरण गर्दै आएको नटराज एग्रोको सञ्चालन आम्दानी गत वर्षको तुलनामा ४७ प्रतिशतले बढेको छ ।

गत वर्ष १ अर्ब २५ करोड ८० लाख सञ्चालन आम्दानी गरेको नटराज एग्रोले यो वर्ष १ अर्ब ८४ करोड ७० लाख कमाएको हो ।

सन् २०१९ मा स्थापना भएको नटराज एग्रोले स्थापनाको समयदेखि नै राम्रो आम्दानी गर्दै आएको छ । “उपकार” ब्रान्ड नामबाट कम्पनीले चामल, दाल, पीठो, चियापत्ती लगायतका खाद्य सामाग्री र टिल्लर्स, वाटर पम्प, स्प्रे पम्प लगायतका आधुनिक कृषि औजारहरुको ब्रिकी वितरण गर्दै आएको छ ।

यस वर्षको लागि १ अर्ब २४ करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि नटराज एग्रोले केयर रेटिङ्सबाट डबल बी रेटिङ पाएको छ ।

नेपालमा खाद्यान्न सामाग्रीको माग स्थीर रहिरहँदा पनि नटराज एग्रोको आम्दानी बढ्ने क्रममा निरन्तरता रहेको छ । नेपालीको मुख्य खानाका रुपमा भात दाल तरकारी रहेको छ । नटराजले देशभर उपकार चामल र दालको वितरण सुरु गरेको छ । यसकारण पनि आम्दानीमा वृद्धि देखिएको छ ।

तर नटराज एगा्रेले बिक्री वितरण गर्ने खाद्य सामाग्रीको ५० प्रतिशत आयातमा निर्भर रहेको छ । अन्तराष्ट्रिय बजारमा नेपाली रुपैयाँ कमजोर हुदै जानु, बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गर्नु, बजारमा प्रशस्त खाद्यान्न सामाग्री वितरक रहनु र सञ्चालन विधि चालु पुँजीमा निर्भर रहनु, मौसमी बालीहरुको मूल्यमा उच्च अस्थीरता कायम रहनु जस्ता जोखिमको सामना कम्पनीले गर्नुपर्ने छ ।

नेपालको ठूलो व्यापारिक घराना शिखर ग्रुप प्रमोटर रहनु, उद्योग व्यवसायमा २७ वर्ष लामो अनुभव बटुलेका केदारनाथ शर्मा अध्यक्ष हुनु र नेपाली बजारमा खाद्यान्न सामाग्रीको माग स्थीर रहनु कम्पनीका सुखद पक्षहरु रहेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।