मेगा बैंक नेपालको लाभांश घोषणा, कति दिँदैछ ?

0
Shares

मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कार्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

हाल मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ लाख ४ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १६ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

अघिल्लो आव २०७७/७८ बाट बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश गरी कुल १२.०७ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवबाट बैंकले ४.२४ प्रतिशत कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।