स्थिर सरकार र आर्थिक विकासलाई तिव्रता दिने नेतृत्वको खोजीमा निजीक्षेत्र

0
Shares

व्यवसाय र उद्यममैत्री वातावरणको अपेक्षा र राष्ट्रिय समृद्धिको कामना गर्दै उद्योगी व्यवसायीहरुले संघ र प्रदेश सभामा आफुले चाहेको जनप्रतिनिधि निर्वाचित गर्ने अपेक्षासहित आ–आफ्नो निर्धारित मतदान केन्द्र पुगेर मतदान गरेका छन् ।

देशमा स्थिर सरकार र आर्थिक विकासलाई तिव्रता दिने नेतृत्व चयनमा ध्यान दिएर मतदान गरेको उनीहरुको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्वाचनले लोकतन्त्रको रक्षा र प्रवर्दैन गर्ने भन्दै खुला अर्थतन्त्र निर्माण, लोकतन्त्र सम्मानित जीवन र समान अवसरका लागि निर्वाचनमा सहभागी हुनु पर्ने भन्दै मतदानमा सहभागी भएको धारणा ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

निर्वाचनमा सहभागी नभएर आगामी पाँच वर्षमा परिवर्तन सम्भव नहुन सक्छ, काठमाडौ -८ को सितापाइला मावी मतदान केन्द्रमा मतदान गरेपछि उनले लेखेका छन्, समृद्धि ल्याउन सक्ने विश्वास बोकेका उम्मेदवारलाई जिताउनु पर्छ ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि देशको समृद्धी र विकास निर्माणलाई ध्यानमा राखेर सहि नेतृत्व चयन गर्नु पर्ने अन्यथा गलत नेतृत्व चयन हुने र त्यसले पछुतो मान्ने अवस्था आउने बताएका छन् । उनले काठमाडौकै कुलेश्वरस्थित जनमैत्री स्कुलबाट मतदान गरेका हुन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि मतदानमा सरिक हुँदै आर्थिक विकासको एजेण्डालाई अघि सार्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरेका छन् । काठमाडौको विसालनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यो निर्वाचनलाई देशको भविश्य निर्माण गर्ने पहिलो स्टेप भनेका छन् ।

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि नेपाली काँग्रेसबाट उम्मेदवारसमेत रहेका उद्योगपति विनोद चौधरीले विवेकपूण तरिकाले मतदान गर्न आग्रह गरेका छन् । निर्वाचन क्षेत्र फरक रहेकाले उनले आफैंलाई भने मतहाल्न पाएनन् । उनी नवलपरासी सुस्ता पूर्वका मतदाता हुन् । आफैं उम्मेदवार रहेका अर्का उद्यमी उमेश श्रेष्ठले पनि चितवन-२ को तोरिखेतस्थित मतदान केन्द्रबाट मत दिएको सार्वजनिक गरेका छन् । नेपाली काँग्रेबाट उम्मेदवार बनेको उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका रावि लामिछाने र नेकपा एमालेका कृष्णभक्त पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

महासंघका पूर्व अध्यक्ष पसुपति मुरारकाले यसपालीको मतदानमार्फत देशमा आर्थिक क्रान्ति नै आउने अपेक्षा गरेका छन् । उनले थापाथली स्थीत गुहेश्वरी विद्यालयको मतदानकेन्द्रबाट मत दिएका हुन् । उनको निर्वाचन क्षेत्रमा नेपाली काँग्रसका प्रकासमान शिह, नेकपा एमालेबाट किरण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम राप्रपा नेपालबाट रविन्द्र मिश्रलगायत उम्मेदवार छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।