सिभिल बैंकको चार महिनापछि आजदेखि सेयर कारोबार खुल्दै

0
Shares

सिभिल बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार महिनापछि बुधबारदेखि सेयर कारोबार खुला भएको छ ।

हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेको बैंकको आधारभुत बाहेक सर्वसाधारण सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको हो । सिभिल बैंकको असार २९ गते प्रतिकित्ता २१३ रुपैयाँमा अन्तिम पटक सेयर कारोबार भएको थियो ।

गत असार २९ गते दुई बैंकबीच गाभ्ने।गाभ्ने सहमति भएको थियो । उक्त सहमतिपछि नेप्सेले असार ३० गतेदेखि बैंकको सेयर कारोबार रोक्का गरेको थियो । हिमालयन बैंकले १०० सेयर बराबर ८१ कित्ता सेयर स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति गरेको छ ।

चार महिनापछि सिभिल बैंकको सेयर कारोबार बुधबार खुल्दै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।