बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन

0
Shares

बैंक अफ काठमाण्डूको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार समायोजन भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै नेप्सेले बैंकको सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बोनस सेयरपछि प्रतिकित्ता २१४.२५ रुपैयाँ निर्धारण गरेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य २२७.१० रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

यससँगै अब बैंकको सेयर कारोबार खुल्दा बिहीबार समायोजन भएको समायोजित सेयरमूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । यद्यपी बिओके र ग्लोबल आइएमई बैंक एक आपसमा मर्जर प्रकृयामा रहेकाले दुबै बैंकको सेयर कारोबार रोक्का रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।