एघार वाणिज्य बैंकको लाभांश घोषणा, १४ ले अझै गरेनन्

0
Shares

नेप्सेमा सूचीकृत २५ वाणिज्य बैंकमध्ये एघार बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । अब १४ बैंकको लाभांश घोाषणा हुन बाँकी छ ।

हालसम्म ११ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् । ती बैंकहरुमा बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टड, ग्लोबल आईएमई बैंक, कुमारी बैंक , नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, प्रभु बैंक  र मेगा बैंक नेपाल लिमिटेड रहेका छन् ।

लाभांश घोषणा गरेका बैंकमध्ये बैंक अफ काठमाण्डूले सर्वाधिक २०.९५ प्रतिशत लाभांश वितरण गरेको छ भने हालसम्म घोषित लाभांशमा मेगा बैंकले सबैभन्दा कम ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव गरेका बैंकमध्ये एभेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, प्रभु र मेगा बैंकको सेयर खरिद गर्नेले अझै लाभांश पाउनसक्ने अवस्था छ ।

S.N. Sector- Commercial Banks Stock Symbol Bonus Cash Total
1 Bank of Kathmandu Ltd. BOKL 6.00 14.95 20.95
2 Everest Bank Limited EBL 13.00 7.68 20.68
3 Standard Chartered Bank Limited SCB 0.00 16.51 16.51
4 Global IME Bank Limited GBIME 3.00 10.60 13.60
5 Kumari Bank Limited KBL 0.00 12.50 12.50
6 Nepal Credit And Commercial Bank  NCCB 3.37 7.63 11.00
7 Nepal Investment Bank Limited NIB 4.00 7.00 11.00
8 Sanima Bank Limited SANIMA 10.00 0.98 10.98
9 Citizen Bank International Limited CZBIL 0.00 9.00 9.00
10 Prabhu Bank Limited PRVU 6.50 1.50 8.00
11 Mega Bank Nepal Ltd. MEGA 4.00 3.83 7.83

 

अझै १४ बैंकको लाभांश घोषणा हुन बाँकी

लाभांश घोषणा हुन बाँकी बैंकहरुमा नबिल बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी बैंक, एनएमबि बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंक रहेका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बै.क भने नेप्सेमा सूचीकृत रहेको छैन । सो बैंकले पनि हालसम्म लाभांश प्रस्ताव गरिसकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।