सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । मंसिर ११ गते उक्त भवनमा पूजा पाठ गरी बैंकिङ्ग कारोवार संञ्चालन गरिएको छ ।

हाल कर्णाली प्रदेश, जुम्ला जिल्ला चन्दननाथ न.पा. वडा नं. ५ मा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यस बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दैै आईरहहेको छ ।

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।