सरकारले नयाँ र पुरानो गरेर साढे १६ अर्ब आन्तरिक ऋण उठाउने  


नेपाल सरकारले १६ अर्ब सात अर्ब ६३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको  पुरानो नवीकरण र ७ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ९फ्रेस० ट्रेजरी विल्स जारी गर्ने भएको हो । 

सरकारले आयातमा गरेको नियन्त्रणले राजस्व सङ्कलनमा कमी आएपछि चालु र्खाका लागि समेत आन्तरिक ऋण उठाउनु पर्ने अवस्था आएको हो । विदेशी विनिमय सञ्चितिमा आएको गिरावटलाई नियन्त्रण गर्न सरकारले केही वस्तुहरूको आयातमा रोक लगाएको छ । सरकारले रोक लगाएका बस्तुबाट नै धेरै राजस्व आउने गर्छ । 

नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको ९१ र १८२ दिने ट्रेजरी नवीकरण गर्ने भएको छ । त्यसैगरी नयाँ ३६४ दिने ट्रेजरी विल्स जारी गर्ने भएको हो । सरकारले पुरानो नवीकरण गर्ने तथा नयाँ निष्कासन गर्दा बैंकिङ प्रणालीको तरलतामा कमी आउँछ । 
पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलताको अवस्था सहज हुदै गएको र कर्जा लगानी नबढाएको अवस्थामा बैंक वित्तीय संस्थाका लगानी लगानी भने अवसर हो । 

यसभन्दा अघि कात्तिक १५ गते सरकारले नवीकरण गरेको ३६४ दिने ट्रेजरी विल्सको औसत डिस्काउन्ट रेट १०९७।५७ प्रतिशत रहेको छ । त्यसैगरी गत मंसिर ६ गते नवीकरण भएको ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट १०।९०३३ र १८२ दिनेको ११।९३९२ प्रतिशत कायम भएको थियो । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।