सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

0
Shares

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ ।

उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेवसाइटमा “Apply Loan up to 5 Lakhs against FD” मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम ५ लाख रुपैयाँ मध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशतसम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. सञ्जालहरु छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।