मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

0
Shares

नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेडदर) मा कडाई गर्दै नीति सार्वजनिक गरेको हो । समीक्षा मार्फत ०.४० प्रतिशत बिन्दुले यस्तो अन्तर घटाइएको छ । नयाँ व्यवस्थापछि वाणिज्य बैंकको स्प्रेडदर ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीहरुको ४.६० कायम हुनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकको रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

यस्तै लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । समीक्षामा कार्यान्वयनमा रहेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गर्ने तथा तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने निर्देशित कर्जा कायम नगर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई २०८० पुसदेखि हर्जाना लगाउने भएको छ । तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि गणना गर्ने व्यवस्था नीतिमा छ ।

मौद्रिक नीतिको पुर्ण पाठ हेर्न यस लिङ्कमा क्लिक गर्नुहोस्…..

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।