नेपाल एसबिआई बैंकले प्रस्ताव गर्‍यो लाभांश‚ बोनस र नगद कति ?

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजन सहित ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको गत आर्थिक वर्ष २०७८/७९ को सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

अघिल्लो आव २०७७/७८ बाट बैंकले चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस र १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।