आजदेखि कोरोना दाबी भुक्तानी सुरु, कुन कम्पनीले कति गर्दैछन् भुक्तानी ? (विवरण सहित)

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले आजदेखि कोरोना बीमा दाबी बापतको रकम भुक्तानी गर्न सुरु गरेका छन् । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीहरुले मंगलबारदेखि बीमा रकम भुक्तानी गर्न सुरु गरेका हुन् ।

पहिलो चरणमा कम्पनीहरुले १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्नेछन् । तर, नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने १२ प्रतिशत अर्थात् २१ करोड २१ लाख रुपैयाँ नेपाल बीमक संघमा आइनसकेको संघका महासचिव एवं नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । उनका अनुसार प्राधिकरणले नेपाल पुर्नबीमा कम्पनीको हिस्सापछि थप हुने गरी भुक्तानी गर्न आग्रह गरेको बताए ।

नेपाल बीमक संघका अनुसार कम्पनीहरुले १८ हजार ६० वटा पोलिसीको दाबी रकम भुक्तानी गर्नेछन् । यो भनेको व्यक्ति तथा परिवार नामको पोलिसी मात्रै हो । कम्पनीहरुमा परेको कुल दाबी पोलिसी संख्यामध्ये २५ हजार ८४ व्यक्ति तथा परिवारको पोलिसी रहेको संघको तथ्यांकमा छ । जसमध्ये हाल संकलन भएको रकमबाट ७२ प्रतिशत पोलिसीको मात्रै भुक्तानी गरिने संघको बताएको छ ।

संघका अनुसार निर्जीवन बीमा कम्पनीमध्ये पनि चार वटा कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई हस्तान्तरण गरेका छन् । जसमध्ये नेशनल, नेको, प्रिमियर, ओरियण्टल र प्रिमियर इन्स्योरेन्स हुन् । आफनो हिस्साको रकम उपलब्ध नगराउने कम्पनीलाई सो रकम घटाई संघले चेक मार्फत भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीको नाम

व्यक्ति र पारिवारिक पोलिसी संख्या

तत्काल कम्पनीले भुक्तानी गर्ने पोलिसी संख्या

कम्पनी आफैँले थपेको रकम

(रु. लाखमा)

कम्पनीलाई हस्तान्तरण गरिएको रकम

(रु. लाखमा)

अजोड इन्स्योरेन्स

१८८२

१३५५

 

९५१

एभरेष्ट इन्स्योरेन्स

६५९

४७४

 

३१२

जिआईसी इन्स्योरेन्स

११२४

८०९

 

४८३

हिमालयन इन्स्योरेन्स

१७४९

१२५९

 

८४५

आईएमई जनरल

९८२

७०७

 

४५१

लुम्बिनी इन्स्योरेन्स

७२८

५२४

 

२४४

नेशनल इन्स्योरेन्स

१९४

१४०

२२७.२७

१०८

नेको इन्स्योरेन्स

२३१३

१६६५

२२७.२७

१४८१

नेपाल इन्स्योरेन्स

१२३२

८८७

 

११३

एनएलजी इन्स्योरेन्स

३४६

२४९

 

 

ओरियण्टल इन्स्योरेन्स

१९६

१४१

२२७.२७

१०८

प्रभु इन्स्योरेन्स

३५६

२५६

 

२८

प्रिमियर इन्स्योरेन्स

१३२२

९५२

२२७.२७

८६४

प्रुडेन्सियल इन्स्योरेन्स

१७४

१२५

 

 

राष्ट्रिय बिमा कम्पनी

२५८७

१८६३

 

१५३६

सगरमाथा इन्स्योरेन्स

२११४

१५४२

 

१७९४

सानिमा इन्स्योरेन्स

३०५

२२०

 

 

शिखर इन्स्योरेन्स

५०२०

३६१४

 

२३०६

सिद्धार्थ इन्स्योरेन्स

१०७०

७७३

 

५६७

युनाईटड इन्स्योरेन्स

७००

५०४

 

१६२

संघका अनुसार यो पटक राष्ट्रिय बीमा कम्पनीले १ हजार ८६३ वटा पोलिसीको दाबी भुक्तानी गर्नेछ । जसका लागि संघले कम्पनीलाई १५ करोड ३६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सो रकममा कम्पनीले आफनो हिस्साको दुई करोड २७ लाख रुपैयाँ थप गर्नुपर्नेछ भने नेपाल पुनर्बीमा कम्पनीबाट रकम भुक्तानी भएपछि १ करोड १८ लाख रुपैयाँ थप हुनेछ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले १ हजार ५४२ वटा पोलिसीको दाबी भुक्तानी गर्नेछ । जसका लागि संघबाट कम्पनीले १७ करोड ९४ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, कम्पनीले पनि आफ्नो हिस्साको रकम थप गर्नुपर्नेछ भने १ करोड १८ लाख रुपैयाँ पाउने छ ।

नेको इन्स्योरेन्सले १ हजार ६६५, हिमालयन जनरल इन्स्योरेन्सले १ हजार २५९, अजोड इन्स्योरेन्ले १ हजार ३५५ वटा पोलिसीको भुक्तानीको गर्नेछ भने शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३६१४ वटा पोलिसीको दाबी भुक्तानी गर्नेछ ।

अर्थमन्त्रालयको निर्देशन बमोजिम कम्पनीहरुले राष्ट्रसेवक, सरकारी कर्मचारी र संघ संस्थाबाट भएका बीमा दाबीको भने अहिले भुक्तानी गर्नेछैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।