सुनचाँदी ब्यवसायीद्वारा आयकर तथा सम्पत्ति शुद्धिकरण सम्वन्धी पुस्तक सार्वजनिक

0
Shares

नेपाल सुनचाँदी ब्यवसायी महासंघले आयकर तथा सम्पत्ति शुद्धिकरण सम्वन्धी विभिन्न गतिविधी समेटेर तयार गरेको सचेतना पुस्तक सार्वजनिक गरेको छ ।
महासंघको केन्द्रिय कार्यालय नक्सालमा मंगलबार आयोजित एक कार्यक्रमकावीच पुस्तक सार्वजनिक गरिएको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यले पुस्तक सार्वजनिक गर्दे यस किसिमको पुस्तक पहिलो पटक सार्वजनिक भएको उल्लेख गर्दै यसले आम सुनचाँदी ब्यवसायीलाई फाइदा पुग्ने बताए । कर र राजस्वका बिषयमा यसअघि ब्यवसायीलाई धेरै अन्यौलता भएको उल्लेख गर्दै उनले आगमी दिनमा यस्ता समस्या क्रमशः समाधान हुने धारणा राखे ।

पुस्तकमा कर राजस्वका सम्वन्धमा सुनचाँदी ब्यवसायीलाई आवश्यक पर्ने बिषयवस्तुहरु समेटिएको छ । महासंघको राजस्व तथा सम्पत्ति शुद्धिकरण परामर्श समितिका संयोजक मोहन काजी शाक्यको अग्रसरतामा सो पुस्तक तयार गरिएको हो । संयोजक शाक्यले ब्यवसायीलाई कर र राजस्वका सम्वन्धमा परेको कठीनाईलाई केही हदसम्म भए पनि समाधानगर्न सहयोग पुग्ने उद्धेश्यले पुस्तक तयार गरिएको बताए ।

यसक्रममा महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले सुनचाँदी ब्यवसायीलाई सहयोग पुग्ने यस किसिमका पुस्तक आगमी दिनमा पनि प्रकाशन गर्न सुझाव दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।