मेगा बैंकको लाभांश परिमार्जन, घट्यो नगद लाभांश

0
Shares

नेपाल राष्ट्र बैंकले मेगा बैंक नेपाल लिमिटेडको लाभाश परिमार्जन गरेर स्वीकृति दिएको छ । 

बैंकको गत कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ र ३.८३ प्रतिशतका दरले हुन आउने ६१ करोड ७४ लाख १३ हजार ६७३ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको थियो ।
नेपाल राष्ट्र बैंकले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांशभन्दा ७१ लाख ७० हजार ३९३ हजार घटाउँदै ६१ करोड २ लाख ४३ हजार २८० रुपैयाँ मात्रै स्वीकृत गरेको हो ।

सो लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बैंकले गत आवको मुनाफाबाट कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।