सानिमा बैंकको साधारण सभा आह्वान, १ अर्ब २४ करोड लाभांश बाँड्दै

0
Shares

सानिमा बैंकले गत आवको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ लाभांश पारित गर्न आगामी पुस ३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले प्रस्तावित लाभांशमध्ये १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख ३७ हजार ७३२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार २९७ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

बैंकले सञ्चालक समितिको बैठकले पुस ३ गते बिहान ११ बजे आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा साधारण सभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६ रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

यस्तै सभामा बैंकको अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पु¥याउने, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा रहेको छ । सानिमा बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि बैंकले सभामा राखेको छ ।

सानिमा बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ मंसिर १९ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार मंसिर १८ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।