राधी विद्युतको लिलामीमा सेयर नपाउनेको पैसा मंगलबारदेखि फिर्ता हुने

0
Shares

राधी विद्युत कम्पनीले लिलामी सेयरमा बाँडफाँडमा नपरेको सेयर वापतको रकम मंसिर २० गते मंगलबारदेखि फिर्ता हुने भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार लिलामी सेयरमा आवेदन गरेको बैंक खातामा नै उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा जम्मा हुने जनाइएको छ । क्लियरिङ्ग हाउसको आईपीएस मार्फत सिधै आवेदकको बैंक खातामा रकम ट्रान्सफर हुनेछ ।

राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म लिलामी मार्फत बिक्री खुला गरिएको थियो । उक्त लिलामीको सेयर मंसिर १४ गते बुधबार शिलबन्दी बोलपत्र खुला गरी १६ गते शुक्रबार बाँडफाँड भएको थियो ।

लिलामी सेयरमा कुल १ सय ९८५ जनाले आवेदन दिएकोमा १९५ रुपैयाँ कट अफ प्राइस निर्धारण हुन आएको छ । न्यूनतम १९५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गर्ने बोलकबुल गर्नेले सेयर सकारेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।