आगामी वर्ष भारतको आर्थिक वृद्धि दर ६.९% रहने वर्ल्ड बैंकको प्रक्षेपण

0
Shares

वर्ल्ड बैंकले सन् २०२३मा भारतको आर्थिक वृद्धि दर ६.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

यस अघिको क्षेत्रिय आर्थिक वृद्धि दर अपडेटमा वर्ल्ड बैंकले भारतको आर्थिक वृद्धि दर ६.५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । उक्त आर्थिक वृद्धि दरलाई समीक्षा गर्ने क्रममा वर्ल्ड बैंकले भारतको आर्थिक वृद्धि दर बढ्ने जनाएको हो ।

आर्थिक वृद्धि दर बढ्नुका साथै भारतीय सरकारको बजेट घाटा जीडिपीको ६.४ प्रतिशतमा कायम गर्ने उद्देश्य पूरा हुने बैंकले अनुमान गरेको छ । यसैगरी बैंकले सन् २०२३ मा भारतको मुद्रास्फीति दर ७.१ प्रतिशत रहने अनुमान गरेको छ ।

आर्थिक वृद्धि दरमा वृद्धि भएता पनि युरो क्षेत्र, अमेरिका, चीन र बेलायतमा आर्थिक मन्दी हुँदा त्यसको प्रभाव भारतमा पनि देखिने वर्ल्ड बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।