सिद्धार्थ बैंकले घटाएर प्रस्ताव गर्‍यो लाभांश

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घटाएर प्रस्ताव गरेको छ । बैंकले अघिल्लो आवभन्दा १.८४ प्रतिशत कम लाभांश वितरण गर्नेछ ।

बैंक सञ्चालक समितिको मंसिर २० गते सम्पन्न भएको बैंकले हाल कायम चुक्ता पूँजीको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १२.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

अघिल्लो आव २०७७/७८ बाट बैंकले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनार्थ ०.७५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।