कुमारी बैंकको विशेष साधारण सभाबाट एनसीसी बैकसँगको मर्जर प्रस्ताव अनुमोदन

0
Shares

कुमारी बैंक लिमिटेडको विशेष साधारण सभाबाट कुमारी बैंकसँग समान हैसियतमा गाभ्ने।गाभिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

बैंक अध्यक्ष अमिर प्रताप ज.व.राणाको अध्यक्षतामा मंसिर २५ गते आइतबार सम्पन्न विशेष साधारण सभाले एक आपसमा गाभ्ने/गाभिने (मर्ज) प्रयोजनका लागि मुल्यांकनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति तथा कारोबारको मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको हो ।

सो सभाबाट विशेष प्रस्तावको रुपमा पेश गरिएको कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक प्रकृयाहरु पूरा गरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने, मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुबै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डिडिए) गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गर्ने निर्णय भएको छ ।

एक आपसमा गाभिएपछि बन्ने संस्था कुमारी बैंक लिमिटेडको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही अनुसार पुँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी अनुसार प्रबन्धपत्रको दफा ५ (क), ५ (ख) र ५ (ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा सञ्चालक संख्या ७ जना हुने गरी र नियम २९ मा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कुमारी बैंक लि.र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी २६ अर्ब भन्दा बढी हुनेछ । यस्तै शाखा संख्या ३५५, ए.टी.एम. संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्ब १ अर्ब तथा कर्जा २ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी हुनेछ ।

कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण शेयरधनी, संचार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिलेसम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो छरितो र सरल बैकिङ्ग सेवा दिने क्रम जारी रहने प्रतिबद्दता व्यक्त गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।