बेलायतको औसत ब्याजदर १४ वर्ष यताकै उच्च

0
Shares

बैंक अफ इङ्गल्यान्डले ०.५ प्रतिशतले ब्याजदर बढाएर ३.५ प्रतिशत कायम गरेको छ । यो औसत ब्याजदर सन् २००७ यताकै उच्च हो ।

इन्धन र खाद्यान्नको मूल्यमा भएको वृद्धिका कारण बेलायतले ४० वर्ष यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ । मुद्रास्फीति नियन्त्रणका लागि बेलायती केन्द्रीय बैंक– बैंक अफ इङ्गल्यान्डले निरन्तर ब्याजदर बढाइरहेको छ ।

केन्द्रीय बैंकले ब्याजदर बढाउँदा घर धीतो राख्ने तथा कर्जा लिएका मानिसहरुको जीवनस्तरमा समस्या थपेको छ । इन्धन तथा खाद्यान्नको मूल्य आकाशिदा समस्या भोगिरहेका जनताहरुलाई ब्याजदर वृद्धिले अझ गहिरो समस्यामा पारेको छ ।

बेलायतको हालको मुद्रास्फीति दर १०.७ प्रतिशत रहेको छ । बेलायती सरकारले मुद्रास्फीति दर २ प्रतिशतमा कायम गर्ने उद्देश्य लिएको छ । केन्द्रीय बैंकका गर्भनर एन्ड्रु बेलीले मुद्रास्फीति नियन्त्रणमा नआउँदा सम्म ब्याजदर बढाउने निर्णय गरेका छन् ।

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ०.५ प्रतिशतले बयाजदर बढाएको एक दिन पछि नै बेलायती केन्द्रीय बैंकले पनि ब्याजदर बढाएको छ ।

उच्च मुद्रास्फीतिको सामना गरिरहेका विकसीत देशहरुले मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर बढाइरहेका छन् ।

ब्याजदर निरन्तर रुपमा बढ्दै जादा विकसीत देशहरुको आर्थिक वृद्धि दरमा कमी आउनुका साथै युरोपियन युनियन अन्तर्गतका देशहरु, बेलायत, अमेरिकामा आर्थिक मन्दीमो सम्भावना उच्च हुदै गएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ पुस २०७९, शुक्रबार  १६ : १२ बजे