शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ ९० पैसा बराबरको बोनस सेयर वितरण गर्न साधारण सभा आह्वान गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले पुस २५ गते सोमबार ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालि मणिग्राम रुपन्देहीमा बिहान ११ बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकले गत आव २०७८/७९ बाट सेयरधनीलाई सेयर प्रिमियम सहित वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारण सभाबाट पारित गर्दैछ ।
सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन सम्बन्धी आवश्यक कार्यहरु गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
इसैगरी चालु आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने लगायतका अन्य साधारण प्रस्तावहरु पनि सभाबाट पारित गर्नेछ ।
शाइन रेसुङ्गाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १२ गते मंगलबारदेखि २५ गते सोमबारसम्म सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति निधर्धारण गरेको छ ।
बुकक्लोज अनुसार पुस ११ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम सेयर लगानीकर्ताहरु मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया