महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
बैंकको पुस १ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जसअनुसार बैंकले १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर सहित २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँ नगद गरी कुल ४१ करोड ९९ लाख ३९ हजार ४७८ रुपैयाँ वितरण गर्नेछ ।
बैंक सञ्चालक समितिको बैठकबाट प्रस्तावित आर्थिक वर्ष २०७८/७९ लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँ रहेको छ । प्रस्तावित १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँ बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ५६० रुपैयाँ रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७७/७८ बाट बैंकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करका लागि १.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया