नेपाली बजारमा पुस ५ गते मंगलबार सुनचाँदी दुबैको भाउमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सोमबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँ र चाँदीको भाउमा ५ रुपैयाँ गिरावट आएको हो ।
सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामा १०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला १ लाख ४०० रुपैयाँ तथा तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा १०० रुपैयाँले नै घटेर ९९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ तथा तेजाबी सुन १ लाख रुपेयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा ५ रुपैयाँ घटेर मंगलबार प्रतितोला १ हजार ३७५ मूल्य कायम रहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १७८८ तथा चाँदी २२.९५ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
