लुम्बिनी विकास बैंकले पुस २६ गते बोलायो साधारण सभा, सेयरधनीलाई ३९.४१ करोड लाभांश बाँड्ने

0
Shares

लुम्बिनी विकास बैंकले पुस २६ गते मंगलबार बैंकको १५ औं वार्षिक साधारण सभा डाकेको छ ।

बैंक सञ्चालक समितिको पुस ४ गते सोमबार सम्पन्न बैठकले अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।

वार्षिक सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर सहित ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले हाल चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५११ रूपैयाँ रहेको छ । प्रस्तावित ३ प्रतिशतका दरले ९ करोड ८५ लाख २८ हजार ७५५ रुपैयाँ ३३ पैसा बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापत चुक्ता पुँजीको ९ प्रतिशतले हुन आउने २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ ९९ पैसा नगद गरी कुल ३९ करोड ४१ लाख १५ लाख १०१ रुपैयाँ ३२ पैसा लाभांश वितरण गर्नेछ ।

यसैगरी सभा मार्फत अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान गर्नुपर्ने सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।

सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी कुल ६ जना सञ्चालकहरू निर्वाचन समेत गर्नेछ । संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ती अनुमोदन समेत सभाले गर्नेछ ।
सभाले चालु आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने लगायतका अन्य प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लागि पुस १३ गते बुधबारका दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १२ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा प्रतिनिधित्व गर्न र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।