दक्ष कामदार सहित ५३ हजार भन्दा बढी नेपाली जापानमा

0
Shares

रोजगारी तथा अध्ययनको लागि जापानमा ५३ हजार १८२ नेपाली पुगेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशन गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार विद्यार्थी भिसामा मात्रै २३ हजार ११६ नेपाली पुगेको देखाएको छ ।

त्यस्तै, विजनेश म्यानेजरमा एक हजार ७०८ नेपाली जापान पुगेका छन् । इन्जिनियर तथा अन्तराष्ट्रिय सेवा भिसामा १५ हजार ५८१ जपानमा बस्दै आएका छन् । दक्ष सिपयुक्त काम १२ हजार ५२४ नेपाली जापानमा रहदै आएका छन् ।

स्पेसलिष्ट दक्ष कामदारको रुपमा १३५ जना कामदार जापानमा छन् भने प्राविधिक ट्रेनीको लागि ११८ जना कामदार जापान पुगेका छन् ।

जपानमा नेपाल बाहेक बंगलादेश, पाकिस्तान, भारत, श्रीलंका, भियतनाम, ताइवान, म्यानमार र फिलिपिन्सबाट जाने गरेका छन् । प्रतिवेदन अनुसार यि मुलुकमध्ये भियतनामबाट धेरै नागरिक जापान पुग्ने गरेको देखिएको छ ।

भियतनामबाट विद्यार्थी भिसामा मात्रै ६५ हजार ६५३ पुगेका छन् । त्यस्तै, इन्जिनियर र अन्तराष्ट्रिय सेवा भिसामा ६१ हजार १८१ भियतनामी नागरिक जापानमा बस्दै आएका छन् । यो संख्या उल्लेखित मुलुकमध्ये सबैभन्दा बढी हो।

त्यस्तै, प्राविधिक प्रशिक्षार्र्थीको रुपमा ४१ हजार ५६४ जापानमा छन् । बिषय विशेषज्ञ कामदार भिसामा ९ हजार ४१२ भियतनामी नागरिक जापान पुगेका छन् । उच्च पेशामा ४३५ छन् भने व्यवसाय म्यानेजरमा ६४० नागरिक छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।