सिभिल बैंकको मर्जर स्वाप रेसियो घट्यो, पुस २८ गते एजीएमबाट स्वीकृत गर्दै

0
Shares

हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंकको स्वाप रेसियो घटेको छ ।

गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न गत असार २९ गरेको प्राम्भिक सम्झौता मा बैंकलाई १००ः८१ को स्वाप रेसियोमा प्राप्ती गर्ने सहमति थियो ।

दुबै बैंकको सम्पत्ति तथा दायित्व मुल्याङ्कन सम्बन्धी प्रतिवेदन (डिडिए रिर्पोट) मा सिभिल बैंकको स्वाप रेसियो ०.७२ प्रतिशत बिन्दुले घटेर ८०.२८ कायम भएको हो । यसअनुसार सिभिल बैंकको १०० कित्ता सेयर हुने लगानीकर्ताले हिमालयन बैंकको ८२.२८ कित्ता सेयर पाउनेछन् ।

लाभांश र मर्जर प्रस्तावसहित सिभिल बैंकले यहि पुस २८ गते साधारण सभा आह्वान गरेको छ । बैंकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे १२ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभाले बोनस सेयर जारी पश्चात बैंकको पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ ।
साथै हिमालयन बैंक लिमिटेडसँग प्राप्ति गर्ने प्रयोजनका लागि डीडीए तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा संयुक्त प्राप्ति समितिको सिफारिसमा बैंकको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम सेयर आदान–प्रदान अनुपात (१०ः८.०२८) कायम गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह तथा अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव छ ।  सभाले चालु आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि पुस १९ गते मंगलबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोजका आधारमा पुस १८ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी दर्ता किताबमा कायम हुन आउने लगानीकर्ताहरु मात्रै प्रस्तावित लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य ठहरिनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।