हिमालयन बैंकले पुस २८ गते बोलायो एजीएम, लाभांश सहित के–के छन् प्रस्ताव ?

0
Shares

हिमालयन बैंक लिमिटेडले पुस २८ गते बैंकको ३० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकको सभा होटेल सोल्टी, सोल्टीमोड, काठमाडौंमा हुनेछ ।

बैंकको ३० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चित नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत (१ अर्ब ३ करोड ७४ लाख ९८ हजार ५८ रुपैयाँ) का दरले बोनस सेयर र ११.११ प्रतिशत (१ अर्ब ४४ करोड ८ लाख २५ हजार ४२८ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले यो सभाबाट सिभिल बैंकलाई ८०.२८ रुपैयाँमा खरिद (प्राप्ति) पश्चात हिमालयन बैंक लिमिटेडकै नाममा एकिकृत कारोबार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्ने छ ।

यस्तै सञ्चालक सामातका प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०७८।७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडको आव २०७८।७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव छन् ।

बैंकले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि पुस १८ गते सोमबारदेखि पुस २८ गते बिहीबारसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोजका आधारमा पुस १७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी दर्ता किताबमा कायम हुन आउने लगानीकर्ताहरु मात्रै प्रस्तावित लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य ठहरिनेछन् ।

यस्ता छन् बैंकको साधारण सभाको सामान्य र विशेष प्रस्तावहरुः–

क) सामान्य प्रस्ताव

१) तीसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ. व. २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने,

३) यस बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लि. को आ. व. २०७८/७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने,

४) सञ्चालक समितिले सिफारिश गरे बमोजिम नाफाको बाँडफाँट तथा चुक्ता पूँजी रू. १२,९६,८७,२५,७२५/- को ११.११ प्रतिशत (कर सहित) ले हुने जम्मा रू. १,४४,०८,२५,४२८।०३ नगद लाभांश दिने प्रस्ताव स्वीकृत गर्ने,

५) सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद १ (एक) को निर्वाचन,

६) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, (वर्तमान लेखापरीक्षक जि.पि. राजबाहक एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट पुनः नियुक्त हुन सक्ने ।)

विशेष प्रस्ताव :

१) सञ्चालक समितिले सिफारिश गरेबमोजिम बैंकको जारी र हालको चुक्ता पूँजी रू.१२,९६,८७,२५,७२५/- बाट वृद्धि गर्न चुक्ता पूँजीको ८ प्रतिशतले हुने जम्मा रू. १,०३,७४,९८,०५८/- बोनस शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव स्वीकृत गर्ने ।

२) बैंकले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमाभन्दा माथि गरेका सहयोग अन्तर्गत विभिन्न संघ-संस्था, सामुदायिक अस्पतालहरू, सामुदायिक विद्यालयहरूलाई तथा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन समेतमा गरि खर्च गरेको कुल रकम रू. १,२७,१७,२२४.३९ (अक्षरेपी एक करोड सत्ताइस लाख सत्र हजार दुई सय चौबिस रूपैयाँ उनन्चालिस पैसा) अनुमोदन गर्ने । (संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकमहरूको विस्तृत विवरणहरू बैकको ३० औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।)

३) यस बैंकले सिभिल बैक लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि भएको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता श्री CSC & Co., Chartered Accountants को नियुक्ति, उक्त मूल्याङ्कनकर्तालाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Audit Report), समझदारी पत्र (Memorandum of Understanding) तथा अन्तिम सम्झौतापत्र (Final Scheme of Arrangement) लगायतका सम्पूर्ण कामकारवाहीहरूलाई स्वीकृति प्रदान गर्ने ।

४) हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने प्रयोजनको लागि मूल्याङ्कनकर्ता श्री CSC & Co., Chartered Accountants बाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन प्रतिवेदन (Due Diligence Audit Report) तथा व्यावसायिक अवसरहरू, व्यावसायिक प्रतिष्ठा, कर्मचारीहरूको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिती, मुनाफा वितरणको इतिहास, पछिल्लो शेयरबजार मुल्य समेतका बिषयहरूको आधारमा शेयर आदान प्रदान अनुपात निर्धारण गरी सिफारिस गरिएको शेयर आदान प्रदान अनुपात १०० बराबर ८०.२८ (Swap Ratio 1:0.8028) हुने गरि (सिभिल बैंक लिमिटेडको १०० कित्ता शेयर बराबर उक्त कम्पनीका शेयरधनीहरूलाई हिमालयन बैंक लिमिटेडको ८०.२८. कित्ता शेयर अनुपात हुने गरी) सिभिल बैक लिमिटेडलाई प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने ।

५) विशेष प्रस्ताव नं (४) बमोजिम सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने तथा संस्थापक तथा सर्वसाधारण शेयरधनीहरूको शेयर स्वामित्व प्रतिशत समेत परिवर्तन हुने भएकोले सोही बमोजिम बैकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न सम्बन्धित दफाहरूमा (अनुसूचिमा उल्लेख भए अनुसार) संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने ।

६) यस बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडकै नाममा एकिकृत कारोवार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्ने ।

७) यस बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट स्वीकृति लिने । अभिलेख गर्ने क्रममा भए गरेका काम कारवाही वा पूँजी संरचना वा प्रबन्धपत्र र नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन/परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

८) बैंकको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने तथा प्रस्तावित संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य निकायले फेरबदल गरेमा आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अधिकार दिने,

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।