नेपाल दुरसञ्चार प्राधिकरणले आगामी पुस १५ गते देखि मोवाइल डिभाइस म्यानेजम्याण्ट सिस्टम (एमडिएमएस) पूर्ण रुपमा सञ्चालनमा ल्याउने भएपछि विदेशबाट ल्याइएका मोवाइल सेट नेपालमा नचल्ने भएका छन् ।
यसका लागि विदेशबाट आउने नेपालीले निजी प्रयोग लागि ल्याइएको मोवाइल सेट डिभाइस म्यानेजम्याण्ट सिस्टम (एमडिएमएस) मा दर्ता गरी १५ अंकको आइएमईआइ नम्बर सहित भन्सार शुल्क भुक्तानी गर्नुपर्नेछ । त्यस्तै भदौ अगाडी देखि प्रयोग नभएका मोवाइल सेट पनि दर्ता गरेर भन्सार घोषणा गरी प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरण अनुसार भन्सार शुल्क भुक्तानी गरि सकेको मोवाइल सेट, प्रज्ञापनपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र पेश गरी मोवाइल सेट प्राधिकरणको सिस्टममा दर्ता गर्न सकिनेछ । प्रयोगकर्ता आफैले एमडिएमएसको अनलाइनमा गएर आवश्यक कागजपत्र अपलोड गरी मोवाइल सेट प्रणालीमा दर्ता गर्न सक्नेछन्।
प्राधिकरणले नेपाल भित्रने अवैध मोवाइललाई रोक्न एमडिएमएस प्रणाली लागू गरेको छ । प्राधिकरण गत असोज देखि औपचारिक रुपमा प्रणाली सञ्चालनमा ल्याएको हो । तर, आगामी १५ गते देखि मात्रै पूर्ण रुपमा सञ्चालनमा ल्याउन लागेको छ । यो प्रणाली लागू भए पछि एमडिएमएसमा दर्ता नभएका मोबाइल सेट नेपाल भित्र चल्ने छैनन् ।
तसर्थ नेपाल भित्रै मोवाइल खरिद गर्दा पनि खरिद गर्न लागिएको मोवाइल सेट नेपाल दुरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए नभएको एकिन गर्न गरेर मात्रै खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ । मोबाइल आयातकर्ता, विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको पूर्व स्वीकृति लिइ र प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितरण गर्न समेत आग्रह गरेको छ।
प्रतिक्रिया