वैदेशिक रोजगारीमा रहेका कामदारलाई ‘टेलिमेडिसिन’ सेवा

0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका कामदारलाई टेलिमेडिसिन मार्फत स्वास्थ्य सल्लाह दिने भएको छ ।

मन्त्रालयमा बुधबार बसेको स्वास्थ्य बिज्ञ समूहको बैठकले टेलिमेडिसिन मार्फत कामदारलाई सम्बन्धित डक्टरसँगको सल्लाह प्रदान गरिने भएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको समस्या पहिचान नहुँदै मृत्यू हुने गरेको छ । कामदारलाई स्वास्थ्य सम्बन्धी जानकारी नहुनाले यस्तो खालको समस्या बढ्दै गएपछि मन्त्रालयले अनलाइन मार्फत नै स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय गरेको मन्त्रालयका सचिव एक नारायण अर्यालले जानकारी दिए । उनका अनुसार मन्त्रालयले मुलुक भित्र नै रहेका कामदारलाई पनि यो सुविधा प्रदान गर्नेछ ।

मन्त्रालयका सहसचिव राजिव प्रोख्रेलको संयोजकत्वमा एक अध्ययन समिति निर्माण गरिएको छ । समितिले यसको कामको प्रक्रियामा अध्ययन गरी आगामी १५ दिन भित्रमा मन्त्रालयमा प्रतिवेदन बुझाउने छ । सोही प्रतिवेदन अनुसार काम अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रमका लागि वैदेशिक रोजगार बोर्डले २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।