जहाँ अहिलेसम्म पनि पुग्नै सकेन बैंकको शाखा

0
Shares

नेपालको ७५३ मध्ये ७५२ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगि सकेको छ । तर, बझाङ्ग जिल्लाको सइपाल गाउँपालिकामा अहिलेसम्म पनि बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय पुग्न सकेको छैन ।

राष्ट्र बैंकको चालु आर्थिक बर्ष २०७९/८० को पहिलो चार महिनाको तथ्यांक अनुसार सइपाल गाउँपालिकामा अहिलेसम्म वित्तीय संस्थाको शाखा कार्यालय पुग्न नसकेको हाे ।

पूर्वाधार विकास बैंक सहित अहिले नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या १२६ पुगेको छ । गत आवको अन्तिमसम्ममा बैक तथा वित्तीय संस्थाको शाखा कार्यालय ११ हजार ५२८ पुगेको थियो । यो संख्या चालु आव २०७९/८० को पहिलो चार महिनाको अवधिमा बढेर ११ हजार ६३२ पुगेको छ ।

जसमध्ये वाणिज्य बैकको ५ हजार ९० वटा शाखा कार्यालय रहेका छन् । विकास बैंकको १ हजार १२३, वित्त कम्पनीको २७५ र लघुवित्त वित्तीय संस्था ५ हजार १४४ वटा शाखा कार्यालय रहेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार १४१ प्रतिशत नागरिकले बचत खाता खोलेका छन् । महानगरपालिकामा बचत खाता खोल्ने ४३७ प्रतिशत छन् । उपमहानगरपालिकामा २३२ प्रतिशत, नगरपालिकामा १३१ प्रतिशत र गाउपालिकामा बचत खाता खोल्ने नागरिक ५१ प्रतिशत मात्रै रहेका छन् ।

तथ्यांक अनुसार एक नम्बर प्रदेशमा ११२ प्रतिशतले बचत खाता खोलेको छन् । मधेश प्रदेशमा ८५ प्रतिशत, बाग्मती प्रदेशमा २४४ प्रतिशत, गण्डकी प्रदेशमा १८४ प्रतिशत, लुम्बिनी प्रदेशमा १२७ प्रतिशत, कर्णाली प्रदेशमा ९२ प्रतिशत छ भने सुदुरपश्चिम प्रदेशमा १०५ प्रतिशत रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।