एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार पुस १७ देखि १५ दिन बन्द हुने

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकको सेयर कारोबार पुस १७ गतेदेखि १५ दिन रोक्का हुने भएको छ ।

पुस १७ गतेदेखि एक आपसमा मर्जर तथा प्राप्ती प्रकृया पूरा गरी एकीकृत कारोबार सुरु गर्न लागेका यी दुई बैंकको संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ अनुसार सबै सेयरधनीको सेयर कारोबार रोक्का हुने भएको हो ।

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २४ गतेदेखि संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेपछि यसअघि दुबै बैंकको आधारभुत सेयरधनीहरुको मात्र सेयर कारोबार रोक्का रहँदै आएको थियो । निर्देशिका बमोजिम मर्जर तथा प्राप्ति प्रयोजनका लागि एकीकृत कारोबारपछि बढीमा १५ दिनसम्म मात्र कारोबार रोक्का हुनसक्ने व्यवस्था छ ।

दुई बैंकले गत असोज १० गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै दुई बैंकको सेयर कारोबार असोज ११ गतेदेखि रोक्का थियो । मर्जर तथा प्राप्ति सम्बन्धमा जारी भएको नयाँ व्यवस्थाका कारण यी दुबै बैंकको आधारभूत सेयरधनी बाहेकको सेयर कारोबार पछिल्लो समय फुकुवा भएको थियो ।

कुमारी र एनसीसी बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार थाल्दै

जसअनुसार कुमारी बैंकको मङ्सिर ८ गते र एनसीसी बैंकको मङ्सिर १२ गतेदेखि कारोबार फुकुवा भएको थियो ।  दुई बैंक एक बराबर एक स्वाप रेसियोमा मर्जरमा गएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।