चौधरी ग्रुपको सम्राट सिमेन्टको ५ अर्बको कारोबार, आम्दानीमा ३१% बढोत्तरी

0
Shares

चौधरी ग्रुपका निर्वाण चौधरी र वरुण चौधरीको स्वामित्व रहेको सम्राट सिमेन्टको आम्दानी आकर्षक रुपमा बढेको छ ।

सन् २०२१ मा परिष्कृत ३ अर्ब ७० करोड ४० लाख रहेको सञ्चालन आम्दानी सन् २०२२ मा ३१ प्रतिशतले बढेर ४ अर्ब ८७ करोड ५० लाख (अपरिष्कृत) पुगेको हो।

कम्पनीको प्रमोटरको रुपमा निर्वाण चौधरी र वरुण चौधरी रहेका कारण कम्पनीलाई प्राविधिक तथा वित्तीय सहयोग पुगेको छ । बजारमा पूर्वाधार विकासका कामहरु धमाधम भइरहँदा पनि सिमेन्टको माग बढ्दो छ । जसकारण कम्पनीको आम्दानी आगामी समयमा पनि निरन्तर उकालो लाग्ने देखिन्छ ।

सम्राट सिमेन्ट कम्पनीले गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट र सम्राट प्रिमियम ब्रान्ड नामबाट सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । गजराज, बाज, बादशाह र सम्राट ब्रान्डको नामबाट कम्पनीले पिपिसी सिमेन्टको बिक्री गर्दै आएको छ भने गजराज प्रिमियम, बाज प्रिमियम र सम्राट प्रिमियमको ब्रान्ड नामबाट आृपिसी सिमेन्ट बिक्री गर्दै आएको छ ।

कम्पनीले सन् २०२१मा प्रति दिन ४ हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्न सक्ने आफ्नै क्लिंकर उत्पादक प्लान्टको निर्माण गरेको थियो । जसकारण पनि कम्पनीको आम्दानीको ग्राफ बढ्दो क्रममा रहेको छ । यसैगरी सन् २०२२ को जुलाई महिनामा प्रतिदिन १ हजार ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने प्लान्टको क्षमता विस्तार गरी ३ हजार ६०० मेट्रिक टन प्रति दिन पु¥याएको छ ।

सन् २०१३ मा स्थापना भएको कम्पनीको उद्योग दाङ जिल्लामा रहेको छ । कम्पनीले तराईका ठूला सहरहरु घोेराही, तुल्सीपुर, कोहलपुर, धनगढी, नेपालगन्ज, बुटवल, भैरहवामा सिमेन्ट बिक्री गर्दै आएको छ ।

कम्पनीको प्रमोटर चौधरी ग्रुपका निर्वाण चौधरी र वरुण चौधरी रहेता पनि कम्पनीको अध्यक्ष अनिल कुमार रुङटा रहेका छन् । सिमेन्ट उत्पादन क्षेत्रमा २५ वर्ष लामो अनुभव बटुलेका उनी यस अघि सोनापुर सिमेन्ट उद्योगको प्रबन्ध निर्देशक रहेका थिए ।

कम्पनीले १२ अर्ब ६४ करोड ५७ लाखको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी कियर रेटिङ नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।