होन्डाले चीनमा उत्पादन गरेका २ लाख हाइब्रिड कारहरु फिर्ता लिने

0
Shares

चीनमा उत्पादन गरेका हाइब्रिड कारहरुको ब्रेक पेडल सेन्सरमा समस्या आएपछि अटोमेकर कम्पनी होन्डाले २ लाख बढी कारहरु फिर्ता लिने भएको छ ।

कम्पनीले सन् २०१८ अक्टोबर देखि सन् २०२० को सेप्टेम्बर सम्म डोङफेङ मोटर ग्रुपले उत्पादन गरेका १ लाख ५ हजार ६०८ हाइब्रिड कारहरु फिर्ता लिने भएको हो ।

यस्तै ग्वाङजो अटोमोबाइल ग्रुपले अगस्ट २०१८ देखि अगस्ट २०२० सम्म उत्पादन गरेका ९५ हजार ८१ कारहरु फिर्ता लिने भएको छ ।

सन् २०२३ को मार्च ३१ बाट कारहरु फिर्ता लिने र पेडल सेन्सरमा देखिएको समस्या समाधान गर्ने होन्डाले विज्ञप्ति मार्फत जनाएको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।