ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घट्यो, निक्षेप बढेपछि अधिक माग

0
Shares

सरकारले आन्तरिक ऋण उठाउनका लागि सोमबार निष्कासन गरेको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेको छ । वित्तीय प्रणालीमा निक्षेप थपिएको र उच्च ब्याजदरका कारण कर्जाको माग नभएपछि बैंकहरुको लगानीका लागि विकल्प नहुँदा डिस्काउन्ट रेट घटेको हो ।

सोमबार सरकारले ७ अर्ब ५० करोड रुपैयाँ बरावरको नयाँ र १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न बोलकबोल गरेको थियो । सोमबार ५ अर्बको २८ दिने, ७ अर्ब ७५ करोड रुपैयाँ बरावरको ९१ दिने पुरानो ऋणपत्रको सावाँ फिर्ता नगरी नविकरण गरेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरीे ७ अर्ब ५० करोड रुपैयाँ बरावरको ३६४ दिने नयाँ ट्रेजरी मार्फत आन्तरिक ऋण उठाउन खोजेको हो । यसभन्दा अघि पुस ११ गते सरकारले १८ अर्ब ५० करोड रुपैयाँ बरवारको टे«जरी जारी गरेको थियो ।

सोमबार बोल भएको कुल २० अर्ब २५ करोड रुपैयाँ बरावरको ट्रेजरीका लागि डिस्काउन्ट रेट घटेर निष्कासन गरिएको भन्दा अधिक माग भएको छ । बैंकहरुले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरीका लागि ११ अर्ब १३ करोड रुपैयाँ बराबरको माग गरेका थिए । यसका लागि बैंकहरुले अधिक डिस्काउन्ट रेट १०.४७९९९ प्रतिशत र न्यूनतम ८.५२९० प्रतिशत माग गरेका छन् । सो ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.१८५२ प्रीतशत कायम भएको छ ।

त्यसैगरी सोमबार बोल भएको ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको नयाँ ट्रेजरीमा बैंक वित्तीय संस्थाले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको माग गर्दै बोलकबोल गरेका छन् ।

यसका लागि बैंक वित्तीय संस्थाले अधिकत १२.१७०१ र न्यूनतम १०.४४ प्रतिशत डिस्काउन्ट रेट माग गरेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सोमबारको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.६५६० प्रतिशत कायम भएको छ ।

सोमबार निष्कासन भएको ७ अर्ब ५० करोड रुपैयाँ बरावरको ३६४ दिने ट्रेजरीका लागि १४ अर्ब ९३ करोडको माग आवेदन परेको छ । बैंक वित्तीय संस्थाले सो ट्रेजरीका लागि अधिकत १२.१४०१ र न्यूनतम ११.३५८६ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन । सो अनुसार ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.९३९६ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । यो औसत डिस्काउन्ट रेट यसअघिको भन्दा थोरै हो ।

यसभन्दा अघि पुस १२ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.९८२१ प्रतिशत कायम भएको थियो । त्यसैगरी ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.९५२५ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकका अनुसार गत मंसिरमा २७ गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ९.२४५९ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।