एक दशकमा ८ गुणाले घट्यो नेपाल लाइफको लाभांश

0
Shares

विगत १० वर्षको अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांशदर आठ गुणाले घटेको छ । नेपालको जीवन बीमा क्षेत्रको नेतृत्व गरी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांशदरमा भने स्थिरता देखिएको छैन । विगत एक दशकमा कम्पनीको लाभांश दरमा ठूलो उतार-चढाव देखिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ मा ७० प्रतिशत बोनश र ५६.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, आव २०६९/७० मा लाभांश घटेर ९८.५० प्रतिशतमा सीमित रह्यो । कम्पनीले सो आवमा ७० प्रतिशत बोनस र २८.५० प्रतिशत नगद मात्रै वितरण गर्न सक्यो ।

त्यस्तै, आव २०७१/७२ र २०७२/७३ मा कम्पनीको लाभांशमा उच्च गिरावट आयो । सो बर्षहरुमा कम्पनीले २५ प्रतिशत बोनस र १.३१ प्रतिशत मात्रै नगद लाभांश वितरण गर्‍यो । २०७२ साल बैशाख १२ गते गएको ठूलो महाभुकम्पले मुलुकको सबै क्षेत्र धरासयी भै रहँदा नेपाल लाइफ पनि त्यसबाट अछुतो रहन सकेन ।

त्यसपछिका सर्षमा भने कम्पनीको लाभांशमा सामान्य वृद्धि भयो । तर, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले लाभांश फेरि घट्यो । सो आवमा कम्पनीले जम्मा १४ प्रतिशत मात्रै बोनस वितरण गर्‍यो । उच्च लाभांशको अपेक्षा गरी रहेका लगानीकर्तालाई यसले ठूलो झट्का लाग्यो । त्यति मात्रै हैन कम्पनीले गत आवमा १५.७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरे पछि नेपाल लाइफका लगानीकर्ता निरुत्साहित भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।