मलेसियामा चार महिना देखि २७ नेपाली कामदार बन्दक, उद्धार गर्न आग्रह

0
Shares

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ नेपाली कामदार विगत चार महिना देखि बन्धक बनेका छन् । मलेसिया स्थित हन्टेयर्स चिकेन डोल्स एण्ड सप्लायर्स कम्पनीमा रोजगारीका लागि गएका नेपाली अहिले बन्धक बनेका छन्।

उनीहरु काठमाडौमा सानेमा स्थित फोजी म्यानपावर कम्पनी एण्ड सप्लायर्सबाट गत भदौ महिनामा मलेसियाका पुगेका थिए । मलेसिया पुगे गलतै रोजगारदाताले शारीरिक र मानसिक यातना दिएको भन्दै पिडितमध्येका एक बाबुराम बास्तोलाले भिडियो पठाउँदै उद्धार गरिदिन आग्रह गरेका छन् ।

सरकारले निशुल्क टिकट निशुल्क भिसाको सम्झौता गरे पनि कामदारहरुले साढे तीन लाख रुपैयाँसम्म बुझाएर मलेसिया पुगेको उनले बताए । रोजगारदाताले अमानविय व्यवहार गरि रहँदा पनि शुरुमा त पारिवारलाई तनाब हुन सक्ने भन्दै मौन रहेको बताए । तर, पछि रोजगारदाताले खान र बस्न पनि नदिएर कम्पनीबाट नै निकाली दिएको उनले बताए ।

कम्पनीले निकाले पछि उनीहरुलाई चाईनिज एजेण्टले मलेसियाको सुनशान ठाउँमा राखेको उनले बताए । सो ठाउँको बारेमा आफुहरुलाई जानकारी नभएको भन्दै त्यहाँबाट उद्धार गर्न उनीहरुले आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।