प्रभु बैंकले बिक्रीमा ल्यायो पौने १३ लाख कित्ता सेयर

0
Shares

प्रभु बैंक लिमिटेडले पानै १३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । उल्लेखित कित्ता सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थापक सेयरधनी सैलेश श्रेष्ठको नाममा रहेको १२ लाख ७० हजार १ कित्ता तथा ज्ञान बहादुर दाहालको नाममा रहेको ३ हजार ९० कित्ता सेयरको बिक्री खुला गरेको हो ।

लिलामीमा ल्याएको कुल १२ लाख ७३ हजार ९१ कित्ता संस्थापक सेयरको बिक्रीका लागि बैंकले पुस २१ गतेदेखि ३५ दिने सूचना जारी गरेको हो । सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।

लिलामी खुला गरिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ । हाल खुला गरिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी समेत बैंकले दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।