आइतबार देखि विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिइने

0
Shares

आगामी आइतबार देखि वैदेशिक रोजगारीमा जाने कामदारले विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिनसक्ने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई सहज सुविधा प्रदान गर्नका लागि सो स्थानबाट पनि श्रम स्वीकृति दिने व्यवस्था गरेको हो । मन्त्रालयले आगामी पुस २४ गते देखि लागू हुने गरी श्रम स्वीकृति प्रदान गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयलले श्रम स्वीकृति सेवा सुविधालाई विकेन्द्रित गर्दै आएको छ । यस अघि काठमाडौको ताहचलबाट मात्रै सबै खालको श्रम स्वीकृति प्रदान गरिन्थ्यो । तर, अहिले यो सेवा मुलुकका विभिन्न स्थानबाट पनि सुरु गरिएको छ ।

मन्त्रालयले पोखरा र बुटबलमा पनि श्रम तथा वैदेशिक रोजगार कार्यालयहरु विस्तार गरी संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

त्यसैगरी श्रम तथा वैदेशिक रोजगार कार्यालय सुर्खेत र धनगढीबाट समेत पुन: श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिन पाउने व्यवस्था गरेको छ । त्यस्तै, मन्त्रालयले कामदारले यथास्थानमा नै बसेर सबै खालको श्रम स्वीकृति अनलाइनबाट नै लिन सक्ने व्यवस्था समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।