बीएमडब्लुले भारतमा लञ्च गर्यो विलासी सेडान, पेट्रोल इन्जिन तथा विद्युतीय मोडलमा उपलब्ध

0
Shares

विलासी कारहरु उत्पादन गर्ने अटोमेकर कम्पनी–बीएमडब्लुले भारतमा इन्जिन तथा विद्युतीय मोडलमा विलासी सेडान लञ्च गरेको छ । भारतीय बजारमा कम्पनीले आइ७ र ७ सिरिजका सेडान लञ्च गरेको हो ।

कम्पनीले लञ्च गरेका आइ७ तथा ७ सिरिजका सेडानहरुको मूल्य १ करोड ७० लाख भारुबाट सुरु भई १ करोड ९५ लाख सम्म रहेको छ । बीएमडब्लुको ७४०आइ एम स्पोर्टकार भारतीय बजारमा १ करोड ७० लाख भारुमा उपलब्ध छ भने आइ७ एक्स ड्राइभ६० मोडलको कारको मूल्य १ करोड ९५ लाख रहेको छ।

बीएमडब्लु आइ७ एक्स ड्राइभ६० मोडलका विशेषता

आइ७ मोडलका कारहरुमा दुईवटा विद्युतीय मोटरहरु उपलब्ध छन् । जसले एकीकृत रुपमा ५३६.४ ब्रेकहर्स पावर (बीएचपी) र ७४५ नानोमिटर टर्क जेनेरेट गर्छ । कारमा १०१.७ किलोवाटआवरको ब्याट्री उपलब्ध छ जसले एक पटकको चार्जबाट ६२५ किलोमिटर बराबरको रेन्ज दिन्छ । यो मोडलको कारले मर्सिडिज

बेन्जको इक्युएस, अउडी आरएस इ–ट्रोन जीटि, र्पोसचे टाइक्यानसँग प्रतिस्पर्धा गर्ने छ ।

बीएमडब्लु ७ सिरिजका विशेषता

बीएमडब्लुका ७ सिरिजका कारहरु पेट्रोल इन्जिनबाट सञ्चालित रहेका छन् । कारहरुमा ३ लिटरका इनलाइन ६वटा सिलिन्डलर उपलब्ध छन् । जसले ३७५.४ ब्रेल हर्सपावर र ५२० नानोमिटरको टर्क जेनेरेट गर्छ । यो मोडलको कारले मर्सिडिज बेन्जको एस क्लास, अउडी ए८सँग प्रतिस्पर्धा गर्ने छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।