सेयर बजारले लय समाएपछि लगानीगर्नेहरु बढे, सूचकसँगै कारोबारमा सुधार

0
Shares

अघिल्लो सातादेखि सुधार हुन थालेको सेयर बजारले सुधारको लय समाएपछि सेयरमा लगानीहरु बढ्दै गर्दा सूचकसँगै कारोबार रकममा निरन्तर सुधार हुन थालेको छ ।

नयाँ सरकार गठन पश्चातका पछिल्लो १० करोबारमा दुई दिन बाहेक सेयर बजारमा निरन्तर सुधार आएको छ । पछिल्ला १० कारोबार दिनमै नेप्से सूचक २७६ अंकले उकालो लागेको छ भने बजारले लय लिएपछि दैनिक ५ अर्ब बढीको कारोबार हुन थालेको छ ।

बजारले लय लिएपछि सेयरबजारमा लगानीगर्नेहरु बढ्न थालेका छन् । अझै पनि धेरैजसो कम्पनीहरुको लाभांश घोषणा गर्न बाँकी भएको र लाभांश घोषणा गरेका कतिपय कम्पनीहरुको लाभांश बुक गर्ने समय बाँकी नै रहेकाले पनि लगानीकर्ता बजारतर्फ थप आर्कषित भएका छन् ।

यसा साताको पहिलो दिन आइतबार नेप्से परिसूचक भने २०.६८ अंकले बढेर २१६४ अंकमा पुगेकोे छ भने कारोबार रकम समेत बढेको छ । यसदिन कुल ५ अर्ब ४५ करोडको कारोबार भएको छ । यसअघि बिहीबार ५ अर्ब ४ करोडको कारोबार भएको थियो । गत विहीबार साढे दश महिनापछि मात्र ५ अर्ब माथिको कारोबार भएको थियो । चालु पुँजी कर्जा संशोधनपछि कारोबारमा तेजी छाएको छ ।

आइतबारको बजारमा कुल १३३ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ९ को स्थिर रहृयो । बैंकिङ उपसमूह १२, उत्पादन ६०, माइक्रोफाइनान्स ११ अंक घटे । विकास बैंक १९, फाइनान्स ३५, होटल तथा पर्यटन ११९, जलविद्युत ५२, जीवन बीमा ४६८, निर्जीवन बीमा ३२२, अन्य १२ र व्यापार उपसमूह ५७ अंक बढे ।
यस दिन खप्तड लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र ङादी ग्रुप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो

त्यसैगरी, यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नति स्किम १ को इकाईमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर, विन नेपाल लघुवित्त र श्रृजनशील लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम सिमेन्ट्सको करिब २० करोडको शेयर कारोबार भएको छ भने रिडी पावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।