पहिलो चरणमा १३ हजार बीमितले पाए कोरोना बीमा दाबी रकम

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको कोरोना बीमा दाबी रकममध्ये पहिलो चरणमा हालसम्म १३ हजार १९९ बीमितको दाबी रकम भुक्तानी गरेका छन् ।

कम्पनीहरुले गत आइतबारसम्ममा सो संख्याको पोलिसी बापत एक अर्ब १२ करोड रुपैयाँ भुक्तानी गरेका हुन् । अर्थमन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा गरेपछि कम्पनीहरुले पहिलो चरणको दाबी भुक्तानी शुरु गरेका हुन् ।

पहिलो चरणमा कम्पनीहरुले व्यक्तिगत बीमा दाबीको मात्रै भुक्तानी गर्न शुरु गरेका थिए । नेपाल बीमक संघले पहिलो चरणमा व्यक्तिगत १५ हजार ९४८ बीमा दाबी बापत एक अर्ब ३५ करोड २३ लाख रुपैयाँ वितरण गर्ने भनेको थियो । दाबी पोलिसीमध्ये दुई हजार ७४९ नै दाबी अस्वीकृति भएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले गत मंसिर १३ गते देखि पहिलो चरणको कोरोना दाबी भुक्तानी गर्न शुरु गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।