औषधि बिक्रेता यतिकेमको आम्दानी बढ्यो, १ अर्ब ६६ करोडको कारोबार

0
Shares

इक्रा नेपालका अनुसार यतिकेम प्रालिले सन् २०२२ मा १ अर्ब ६६ करोड १३ लाख बराबरको (अपरिष्कृत) कारोबार गरेको छ ।

यस अघि सन् २०२१ मा कम्पनीले १ अर्ब ६० करोड १२ लाख परिष्कृत आम्दानी गरेको थियो । आम्दानीमा आएको वृद्धि सँगै डिप्रिसियसन, अर्मोटाइजेन, ब्याज र कर अघिको नाफामा पनि वृद्धि भएको छ । गत वर्ष कुल आम्दानीको ७.४ प्रतिशत रहेको उक्त नाफा सन् २०२२मा ९.१ प्रतिशत पुगेको छ ।

सन् २००१ मा स्थापना भएको यतिचेम प्रालिले औषधीहरुको आयात गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले क्षयरोग, मधुमेह र अन्य दीर्घकालीन रोगका औषधीहरुको बिक्री वितरण गर्ने गर्छ । दीर्घकालीन रोगको औषधी उत्पादन गर्ने विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुको यतिकेम प्रालि नेपालका लागि आधिकारिक बिक्रेता नै रहेको छ ।

तर पछिल्लो समयमा देश भित्र नै औषधी उत्पादनको कार्य सुरु हुँदा कम्पनीको आम्दानीमा कमी आएको छ । आन्तरिक प्रतिस्पर्धा तथा अन्तराष्ट्रिय विनिमय बजारमा खस्किँदै गएको नेपाली रुपैयाँका कारण पनि कम्पनीको नाफामा कमी आएको छ ।

यस्तै कम्पनीले दीर्घकालीन रोगको औषधीको व्यापार गरिरहेको हुँदा त्यसले नेपालका केही मात्रै जनसङ्ख्याको माग सम्बोधन गर्छ । सामान्य रोगका बिरामीहरु बढी भएका कारण पनि कम्पनीले सोचे अनुरुपको नाफा कमाउन सकेको छैन ।

तथापि असन्तुलित खानपान, व्ययामको कमीका कारण पछिल्लो समयमा अधिकांश नेपालीहरुमा मधुमेह, उच्च रक्तचाप लगायतका अन्य दीर्घकालीन समस्याहरु देखिँदै गएका छन् । जसकारण पनि दीर्घकालीन औषधी बिक्री गर्ने कम्पनीहरुको आम्दानी बढ्ने देखिन्छ ।

कम्पनीमा प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको लगानी रहेको छ । दुई भाइद्धारा सञ्चालित यतिकेम प्रालि एक पारिवारिक व्यवसाय हो ।

कम्पनीले ७५ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरी कर्जा पुनपुष्टि गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।