हिमालयन बैंकको १९.११% लाभांश अनुमोदन, सिभिललाई प्राप्ती गर्न सहमति

0
Shares

हिमालयन बैंक लिमिटेडको बिहीबार तीसौंं वार्षिक साधारण सभाले सेयरधनीलाई कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव तथा सिभिल बैंकलाई प्राप्ती गर्ने सहितका अन्य प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ ।

२०७९ पुस २८ गते बिहिबार सोल्टी होटलमा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सफलताका साथ सम्पन्न भएको छ । सो सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

आजको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयरले हुने जम्मा १ अर्ब ३ करोड तथा कर सहित ११.११ प्रतिशत नगद लाभांशले हुने जम्मा १ अर्ब ४४ करोड गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । उक्त साधारण सभाले विजय बहादुर श्रेष्ठलाई निर्विरोध रुपमा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

साधारण सभाबाट हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १०० बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता सेयर हुने शेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) सेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेड” कै नाममा एकीकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको कूल अधिकृत पूँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी २१.६५ अर्ब भन्दा बढी हुनेछ । प्राप्ति पश्चात बैंकको कूल पूँजी कोष ३६.६९ अर्ब भन्दा बढी हुनेछ । यसै गरी बैंकको कूल शाखा सञ्जाल १८९, विस्तारित काउन्टर १९ र एटिएम संख्या २६२ पुग्नेछ ।

यस प्राप्तिले नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति सम्बन्धी नीतिलाई आत्मसाथ गर्दै बैंकिङ्ग लगायत पूरा राष्ट्रको वित्तीय विकासमा योगदान पु¥याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंक तथा सभाका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पढि प्रस्तुत प्रस्तावहरुमा छलफल गरि अनुमोदनको लागि प्रस्तुत गरेका थिए । उनले बैंकका निवर्तमान अध्यक्ष तथा संस्थापकहरु हिमालय शम्शेर राणा, स्व. नरसिह बहादुर श्रेष्ठ, स्व. मोहन गोपाल खेतान, मनोज बहादुर श्रेष्ठ, तुलसी प्रसाद गौतम लगायत सञ्चालक समितिका सदस्यहरुलाई बैंक स्थापनाकाल देखि देशको एक सबल र उत्कृष्ट बैंक बनाउन पु¥याएको योगदानको लागि विशेष धन्यवाद प्रदान गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।