चिनियाँ अर्थतन्त्रको प्रभावमा एशियाली सेयर बजार

0
Shares

चिनियाँ अर्थतन्त्रमा देखिने सकरात्मक तथा नकरात्मक प्रभाव एशियाली सेयर बजारमा देखिएको छ ।

अर्थतन्त्र चलायमान हुँदा बढेको सेयरबजार, चीनको आर्थिक वृद्धिमा सुधार नभएको तथ्यांक सार्वजनिक भएसँगै ओरालो लागेको छ ।

सन् २०२२ मा चीनको आर्थिक वृद्धि दर ३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । चीनको उक्त वृद्धि दर एक शताब्दी यताकै न्युन आर्थिक वृद्धि दर रहेको छ । चिनियाँ सरकारले ५.५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य लिएता पनि वृद्धि दर ३ प्रतिशतमा खुम्चिएको छ ।

विभिन्न समयमा फैलिएको कोभिड–१९ संक्रमणका कारण चीनका मुख्य औद्योगिक सहरहरुमा लकडाउन गरिएको थियो । जसको प्रभाव आर्थिक वृद्धि दरमा परेको छ । आर्थिक वृद्धि दर सार्वजनिक भएसँगै लगानीकर्ताहरुको मनोबलमा कमी आउँदा एशियाली सेयर बजार ओरालो लागेको छ ।

जापान बाहिरका एशिया प्यासिफिक राष्ट्रहरुको बृहत सेयर सूचांक एमएससीआई ०.३४ प्रतिशतले घटेको छ । यस्तै चिनियाँ सेयर बजारको बेन्चमार्क सीएसआई३०० सूचांक ०.११ प्रतिशत ओरालो लागेको छ । यस्तै हङकङको ह्याङस्याङ सूचांक ०.६ प्रतिशतले ओरालो लागेको छ ।

तथापि भारतीय सेयर सूचांक सेन्सेक्स ०.६६ प्रतिशतले उकालो लागेको छ भने नेपाली सेयर सूचांक नेप्से ०.४२ प्रतिशतले ओरालो लागेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।